गमक पोष्ट समाचारदाता / बर्दिवस, १५ साउन । महोत्तरीमा एकदिन अघि हराएको भनिकएका ५ वर्षीय बालकको शव भोलिपल्ट पराले छोपेको अवस्थाका घर नजीकैको बगैंचामा फेला परेको छ । बुधबार अपराह्नबाट हराईरहेका रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका चन्द्रकिशोर यादवका ५ वर्षिय छोरा रितेशकुमारको शव बिहीबार दिउँसो घरदेखि करिव ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार घटनाको पैकृति र शव हेर्दा हत्या भएको हुनसक्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी प्रकाश विष्टल घटनाबारे प अनुसन्धान भईरहेको जनाएको छ । शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल (जनकपुर) पठाइएको छ । रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने डीएसपी विष्टले बताए ।
बालकको हत्या आशंकामा प्रहरीले बुवा र सौतेनी आमालाई नियन्त्रणमा लिएको छ । घटनापश्चात् सम्पर्कविहीन भएका बुबा चन्द्रकिशोर र कान्छी आमा रागनी मुखियालाई पक्राउ गरिसकिएको डीएसपी विष्टले जानकारी दिए ।
बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका ५, शान्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार चन्द्रकिशोरले एक वर्षअघि शान्तिपुरकी रागिनीसँग दोस्रो विवाह गरेका हुन् ।
रितेश सात वर्षअघि विवाह गरिएकी जेठी रजनी यादवतर्फका जेठा छोरा थिए । उनीपटिका कान्छा छोरा ३ वर्षका छन् । घरमा विवाद हुन थालेपछि रजनी दुवै छोरालाई चन्द्रकिशोरको जिम्मा लगाई केही महिनादेखि माइतमा छिन् ।