गमक पोष्ट समाचारदाता / जनकपुर, ८ साउन । धनुषा प्रहरीले तीन जना बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । मिथिला नपा–१० माझी टोल का ७७ वर्षीय थानाप्रसाद भट्टराईलाई सात, आठ र १० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ओरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले हिजो विहिवार पक्राउ गरेको हो ।
पीडित बालिकाहरू भट्टराईको आँगनमा रहेको अम्बा टिप्न गएका बेला ‘मैले भनेको मान्छौँ भने तिमीहरूलाई धेरै अम्बा दिन्छु’ भन्दै नजिकै रहेको गोठमा लगेर यौन दुर्व्यवहार गरेको पीडित बालिकाहरूको अभिभावकको आरोप छ ।
यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाहरू रुँदै घर गई अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
पीडित पक्षले विहिवारै इलाका प्रहरी कार्यालय ढल्केवरमा आरोपितविरूद्ध उजुरी गरेको इलाका प्रहरी कार्याय ढल्केवरका प्रमुख इन्स्पेक्टर प्रदिप सुवेदीले जानकारी दिए ।
पीडित तीनै जना बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।