गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३ साउन । पर्सा प्रहरीले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरका ४८ वर्षीय सुनिल कुमार परियार बालिकालाई जवरजस्ती करण आरोपमा फत्रउ गरेको हो ।
परियारले आफ्ना नाबालक छोराहरुसँग खेल्न आउने क्रममा आफु बस्ने घरको कोठामा लगेर जबरजस्ती करणी गर्ने गरेको अभिभावकले बताएका छन् । असार २८ गते करणी भएको थाहा पाएपछि बालिकाका अभिभावकले प्रहरीमा दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना डिएसपी ओमप्रकाश खजालले जानकारी दिए ।
छोरीको शारीरिक र मानसिक व्यवहारमा अस्वभाविक परिवर्तन भएजस्तो लागेपछि अभिभावकले सोधपुछ गर्दा घटनाबारे बालिकाले बताएकी थिईन् ।
पक्राउ परेका परियारविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए ।