गमक पोष्ट समाचारदाता / जनकपुर, १ साउन । नेकपा माओवादी केन्द्रले प्रदेश २ सरकारमा सहभागी हुन राज्यमन्त्री सहित दुई मन्त्री चयन गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता महोत्तरीका भरत साहलाई मन्त्रीमा र सप्तरीकी रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो ।
साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।
माओवादीलाई माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी भएपनि टुङ्गो लाग्न सकेको छैन । माओवादीले पाउने मन्त्रालयको टुङ्गो नलागेपनि सरकारमा सहभागी हुने मन्त्रीको नाम भने छनोट गरेको छ ।
उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ । माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि अन्ति चरणसम्म माओवादीले व्यक्ति तोक्न सकेको थिएन ।