1. गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २७ असार । बीरगञ्जमा बिपी उद्यानको विषय विवादित बनेको छ । बिपि उद्यान बनाउनका लागि वि.स. २०६० सालमा वीरगञ्ज महानगरपालिकाले नेपाल यातायात संस्थानसँग १० करोडमा खरिद गरेको जग्गामा ढलान हुन थालेपछि उक्त विषय विवादित बनेको हो ।
    तत्कालिन सरकारले यातायात संस्थानको स्वामित्वमा रहेको जग्गा तत्कालिन वीरगञ्ज उपमहानगरपालिकालाई बिपी उद्यान निर्माण गर्ने शर्तमा बिक्रि गरेको थियो । पार्क निर्माण गर्नुपर्ने जग्गामा सवारी पार्किंग निर्माणका लागि ढलान गर्नुले आफ्नो बुबा र नगरवासीको सपनामाथि घात हुने पूर्व नगरप्रमुख स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरीको भनाई छ ।

bp - Copy (3)पत्रकारसमेत रहेका गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्कको निम्ति मेरो बुवाले ठूलो संघर्ष गरेर नगरपालिकालाइ प्राप्त भएको यो जमिनमा अब बगैँचा त परको कुरा यसको भुइँको सम्वन्धसमेत प्रकृतिसँग विच्छेद हुँदैछ ।’ नगरवासीको सपनालाई ध्वस्त बनाउँदै सिंगो शहरमाथी ज्यादती गर्नेगरी पार्कको जग्गालाइ कङ्क्रीटीकरण गर्ने कार्य कदापी सह्य नहुने गिरीको भनाई छ ।

bp - Copy (2)

यद्यपी वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी भने बजारमा चर्चा भएजस्तो पार्कको जग्गालाई पार्किङ्गका लागि ढलान नभएको बताउँछन् । जम्मा १० बिघा जग्गा मध्ये ६ बिघा जग्गामा संरचनासहितको पार्क, २ बिघा जग्गामा सवारी पार्किङ्गसहितको खुला मञ्च र २ बिघामा सभा गृह निर्माण हुने मेयर सरावगीले बताए ।
सरावगीका अनुसार अहिले २ कट्ठा जग्गामा ढलान भइरहेको छ भने जम्मा १० बिघा जमिनमध्ये १० कट्ठामा मात्रै सवारी पार्किङ्ग बनाइने मेयरको भनाई छ । उनले हल्लाको भरमा जथाभावी बोल्ने र जनतालाई भ्रममा पार्ने गतिविधि नगर्न अपिल समेत गरका छन् ।
सरावगी भन्छन्, ‘यदि केही नबुझेको र समस्या छ भने आउनुहोस् कुरा गरौ, अनि स्पष्ट भएर मात्रै बोलौँ, हल्लाको भरमा नभएको कुरा गर्ने काम नगरौँ ।’ अहिले बाउण्डरी वाल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर विबेक नेपालले जानकारी दिए ।
पहिलो चरणको काम अन्र्तगत गत असारमा यही आर्थीक वर्षभित्र सम्पन्न गर्नेगरी ३ करोड २० लाखमा सम्झौता भएको इन्जिनियर नेपालको भनाई छ । तर रेलवे स्कुलनजिकको नहर क्षेत्रमा व्यक्तिगत सम्पती भनेर अदालतमा मुद्दा दर्ता भएपछि त्याँहा बाउण्डरी वाल निर्माण गर्न नसकेको इजिनियर नेपालले जनाए ।