फाईल फोटो ।

गमक पोष्ट समाचारदाता / सिरहा, २४ असार । सिरहा प्रहरीले एकै दिन छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागु औषध सहित चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्याय गोलबजार र प्रदेश प्रहरी कार्यालय जनकपुरकबाट खटिएको टोलिले गोलबजार नपा ६ गुम्वाचोकबाट दुई सय मिलिग्राम ब्राउन सुगर सहित स्थानीय राकेश कुमार लामालाई नियन्त्रणमा लिएको हो ।
सोही टोलिले गोलबजारको एवी मल नजीकबाट सप्तरी बलानबिहुल गाउँपालिका घर भई हाल सिरहाको धनगढीमाई नपा १० बस्दै आएका २५ वर्षिय प्रविण शार्मालाई निट्राभेट नामक एक सय पिस ट्यावलेट सहित पक्राउ गरेको छ । उनलाई संकालागि चेकजाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शुभाष बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी, विशेष सूचनाको आधारमा धनगढिमाई नपा ११ नैनपुरका पवन महतोकी श्रीमती निला महतोलाई ६ केजी ५ सय ग्राम गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा पुगेका प्रहरीले खोजतलास गर्नेक्रममा घरभित्र लुकाई राखेको अवस्थामा गाँजा फेला परेको बताए ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ति टोलीले भगवानपुर गापा ४ बलान खोलाबाट सखुवान्नकारकट्टी गापा ४ खयरबोनाका सुनिल गिरीलाई नोरफीन १४, फेनारगन १४ एम्पुल, डाईजि ल्याब १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई संकालागी चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएका सवैलाई थुनामा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । लकडाउनको विचमा पनि सिरहाको सीमाक्षेत्रका भारतीय बजारबाट लागुऔषध ओसारपोसार गर्ने कार्य रोकिएको छैन ।