गमक पोृष्ट समाचारदाता / सिरहा, २३ असार । कर्तव्य ज्यान मुद्दामा अदालतबाट ६ महिनाको कैद सजाय पाएर फरार एक सहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ६ महिना कैद र ५ सय जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुर निवासी ४३ बर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कार्बाहीको जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका ३ चौहर्वा खरी टोल निवासी ४५ बर्षीय खैरुन खातुन, २५ वर्षिय सलमान आलम र २१ बर्षीय मो.आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान कार्य भईरहेको प्रहरीको बताइएको छ ।