फाइल फोटो
गमक पाेस्ट सम्वादाता / वीरगञ्ज, १५ असार । ईलाकाप्रहरी कार्यालय पटेर्वासुगौलीले प्रतिबन्धित ४० किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका २ गादीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिरां गगाउँपालिका ५ का बीरबहादुर प्रजा र सोनालाल प्रजालाई पक्राउ गरेको हो ।
इलाकाप्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । पक्राउ परेका दुईजनालाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीषक थापाले जानकारी दिए ।
उनीहरुमाथी लागुऔषध कसुर सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीषक ओमप्रकाश खनालले जानकारी दिए ।