गमक पोष्ट समाचारदाता / सिरहा, २२ जेष्ठ । सिरहाको मिर्चैयाका एक व्यवसायीमाथि आज शनिवार बेलुको अज्ञात समूद्वारा गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालक ३९ वर्षिय रामसागर साफीमा पसलमै ३÷४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको हो ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचा मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गरएको मौकाछोपी उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले बताएको छ । उनीमाथिग यस अघिपनि आक्रमण भएको बताइएको छ ।
आक्रमणको घटनापछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजीकै घटनाहँुदापनि प्रहरीले जानकारी नपाउनु दुखद भएको स्थानीयको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन÷चार जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुनेभन्दै उनीहरुको नाम बताउन चाहेनन् ।
अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेकजाँच तिव्र बनाएको प्रहरीले जनाएको छ ।