सुरेश राय / सिरहा, ९ जेष्ठ । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वा बजारको मोवाईल पसलबाट गएराती करिव २ लाख मूल्य बरावरको मोवाइल तथा मोवाइलका पार्टपूर्जा चोरी भएको छ । माइक्रो एसटार मोबाइल सेनटरबाट विभिन्न प्रकारका एक सय ४० थान डिस्प्ले, ८ थान ग्राहकको बनाउन राखेको पुरानो मोबाइल, ४ थान नयाँ मोबाइल, एक सय थान मोबाइलका व्याट्री चोरी भएको पसलका सञ्चालक सुरेन्द्र कुमार सिंहले जानकारी दिए ।
लकडाउनका कारण बन्द रहेको पसलको आज विहान छिमेकीले पसलको पछाडीको ढोका खुल्ला देखेपछि आफूलाई फोन गरेको पसलका सञ्चालक सिंहले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गोलजबारका प्रमुख इन्सपेक्टर सन्तोष राईले पाट्सहरुसहित करिब २ लाख मूल्यको चोही भएको हुनसक्ने बताए । उनले घटनाबारे अनुसन्धान भईरहेको बताए ।
सिरहामा पछिल्लो दिनहरुमा चोरी तथा डकैतिका घटनाहरुमा वृद्धि भएको छ ।