गमक पोष्ट समाचारदाता \ सिरहा, १७ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको आरोपमा २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा योजनाकारको रुपमा सिरहाको सुखिपुर नगरपालिका का ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पत्तारि गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरी रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका दुबै जनाले विस्फोट गराएको कुरा स्वीकारि सकेको बताए ।
घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा, विस्फोटन पद्धार्थ राख्ने व्यक्ति लगायतको क्लूको आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख डीआजी धिरजप्रताप सिंहको भनाई छ ।
घटना भएको १५ दिनमै विस्फोटमा संलग्न मुख्य योजनाकार पक्राउ गर्न सफल भएको डीआइजी सिंहले बताए । उनलेभन भने, ‘उनिहरु वैजनालाई हतियार सहित पक्राउ गर्न सफल भयौं, रामरिझनको साथबाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ राउन्ड गोली र अभिमन्युको साथबाट १ थान कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद भएको छ ।’
विस्फोटको आरोपमा पक्राउ परेका रामरिझन यसअघि पनि दुई वटा बम विस्फोटको अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेका छन् ।
विस्फोट गराएको आरोपमा यस अघिपनि एक जनालाई पक्राउ गरेको थियो ।