शम्भु चौधरी / लहान १३ चैत्र । सिरहाको वरियारपट्टि गाँउपालिकामा वारुणयण्त्रको अति आवश्यकता रहेको वडा नं. ३ का अध्यक्ष अन्नतलाल यादवले बताए । चैत बैशाख जस्तोे समयमा आगलागीको बढी हुने भएकाले बारुणयन्त्रको आवश्यकता रहेको पत्रकार सम्मेलनमा बताएका हुन् ।
आगलागी समाधान गर्न पालिकामा वारुणयण्त्र नभएको र वारुणयण्त्र सिरहा, लहान र राजविराजबाट मगाउनु पर्ने अवस्थमा ठूलो क्षति हुने गरेको अध्यक्ष यादवले बताए । भारतीय सिमासंग जोडिएका पालिका भएकोले लाहान र सिरहाबाट वारुणयण्त्र आउदा सम्म कतिको घर जलेर सखाप हुने अवस्था विगतमा हुने गरेको उनले बताए ।
पालिका स्तरको बैठकबाट निर्णय भईसके तापनी वारुणयण्त्रको लागि बजेट नछुट्याएको अध्यक्ष यादवले सुनाए । गाँउपालिका अध्यक्ष सन्तोष कुमार महतो मात्रै होइन पालिका स्तरका सवै जनप्रतिनिधिहरु यस विषयमा साकारात्मक रहेको वडा अध्यक्ष यादवको भनाई रहेको छ ।
प्रत्येक पालिकामा वारुणयण्त्र र एम्वुलेन्स जस्ता अति आवस्यक सवारी हुनै पर्नेमा जोड दिदै वडाध्यक्ष यादबले भने आगामी बजेट बिनियोजन गर्दा यसका लागि भिन्न किसिमबाट वजेट छुट्याउने वडाध्यक्ष यादबको जिकिर रहयो ।