गमक पोष्ट समाचारदाता
सप्तरी ९ चैत । सप्तरी र धनुषामा पोखरीमा डुबेर दुई बाल–बालिकाको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाका १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।