सुरेश राय
सिरहा, २८ फागुन । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधी एपीएफले उचालेको छ । गोलबजार नगरपालीका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन रमपम चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ विच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एफीएफले उपाधी हातथ पारेको हो ।
विजेता एफीएफले प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफि हात पारेको छ भने दोस्रो हुने आयोजक टिमले २ लाख २ हजार २ सय रुपैयाँ र ट्रफि पाएको छ ।
फाइनल खेलमा एपीएफका तर्फबाट सवै ४ गोल जर्सी नम्वर १८ का खेलाडी रवि तामाङ्गले गरेका थिए । उनले खेलको प्रथम हाफको १३, ३७ र ४७ मिनटमा एक एक गोल र दोस्रो हाफको अन्तिम समयमा थप एक गोल सहित ४ गोल गरेका हुन् । आयोजकका तर्फबाट ११ का जर्सी लगाएका खेलाडी जय गुरुङले दोस्रोत हाफको ३ मिनटमा १ गोल गरेका थिए ।
खेल अवधिका सर्वाधिक गोलकर्ताको उपाधी पनि एपीएफ १८ नम्वर जर्सी लगाएका खेलाडी रवि तामाङ्गले पाएका छन् । उनले ट्रफि सहित ३१ हजार नगद उपहार पाएका छन् । उनले आजमात्रै चार गोल र एस अघि २ गोल सहित ६ गोल गरेका थिए ।
खेलको उत्कृष्ट खेलाडी एपीएफकै प्रदिप लामा, उत्कृष्ट गोलकिपर आयोजकका सागर श्रेष्ठ, उत्कृष्ट डिफेन्स सनम लामा, उत्कृष्ट मिडफिल्डर मितिङ थापा भएका छन् । उनीहरु सवैलाई ट्रफि सहित ३१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
उदयमान खेलाडीको रुपमा आयोजककै निश्चल मोक्तान सम्मानीत भएका छन् । उनलाई ३१ हजार नगद सहित ट्रफि प्राप्त गरेका छन् ।
फागुन २१ बट सुरुभई २८ गते एक हप्तासम्म चलेको खेलमा ८ वटा टिम सहभागी रहेको थियो ।