गमक पोष्ट समाचारदाता


जनकपुर, २६ फागुन । आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृतसहित एक दलाललाई घुस लिँदालिँदै अख्तियार टोलीले नियन्त्रणमा लिएको ।
जनकपुरको अन्नपूर्ण होटलबाट अख्तियार कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र दलाल नविन कर्णलाई पक्राउ गरेको हो । डेढ लाख रुपैया घुस रकम समेत बरामद भइसकेको अख्तियारका एक अधिकारीले बताए । अहिले अख्तियार टोली होटलमा कानूनी प्रक्रिया पुर्याउन व्यस्त छन् । दुबै जनालाई थप अनुसन्धान तथा कार्वाहीको लागि बर्दिबास कार्यालय लगिने बताइएको छ ।