गमक पोष्ट समाचारदाता


सिरहा, २५ फागुन । संविधानसभा सदस्य तथा अनेमसंघका पूर्व केन्द्रिय सदस्य सीता पोखरेलले संविधानले महिलाको अंश, वंश, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अधिकारको ग्यारेन्टी गरेको भएपनि कार्यान्वय हुन नसकेको बताए । १ सय ११ औं अन्तराष्ट्रिय महिला दिनसको अवसरमा अखिल नेपाल महिला संघ सिरहा, गोलबजार नगरपालिका र विभिनन संघसंस्थाहरुको आयोजनामा आयोजित सभालाई सम्वोधन गर्दै संविधानसभा सदस्य पोखरेलले संविधानले मौलिक हकको रुपमा शुनिश्चित गरेकोभएपनि पितृसत्तात्मक सोचका कारण लागुहुन नसकेको बताए ।

mhila 1
संविधान जतिसुकै राम्रो भएपनि लागुगर्ने ठाउँमा बसेकाहरुको सोचका कारण लागुहुन नसकेको उनको भनाई रहेको थियो । संविधानले जुनसुकै अधिकार दिएको भएपनि महिलाहरुले डाडु पन्यूभन्दा माथिका अधिकार नपाएको बताए ।
संविधानसभा सदस्य पोखरेलले अधिकार प्राप्तीको लागि महिलाहरु सँगठित राजनीतिमा लाग्नुकोे विकल्प नरेहेको जिकिर गरे । उनलेभने, ‘सवै कुराको छिनोफानो अन्तिम थलो भनेको राज्य सत्ता हो, त्यहाँ महिलाको उपस्थिति जरुरी छ, त्यसको लागि राजनीति गर्नै पर्छ ।’

mahila0
नेकपाको विषयमा सर्र्वोच्च अदालतको पछिल्लो फैसला अधिकारक्षेत्रभन्दा बाहिरबाट आएको संविधानसभा सदस्य पोखरेलको भनाई रहेको छ । उनले सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी नेकपाको आधिकारीता बताउने भन्दा माथिको अधिकार नरहेको पनि भताए । संविधानसभा सदस्य पोखरेलले भने, ‘सर्वोच्चले नेकपाको आधिकारीक्ता भन्दा अगाडी बढेर अव तिमीहरु पूर्वत अवस्थामा नेकपा एमाले र नेकपा माओवादी भएको भन्ने अधिकार छैन, यो निर्णय अधिकार क्षेत्रभन्दा बाहिर गएर गरेको छ ।’


गोलबजार नगरपालीकाका मेयर देवनाथ साहले महिला अधिकार रक्षाका लागि उनीहरुलाई शिक्षीत बनाउन जरुरी रहेको बताए । महिलाहरुलाई शिक्षा र सशक्तिकरणका लागि आफ्नो तर्फबाट सक्ने सवैखालका सहयोग गर्न तयार रहेको बताए ।
महिला तथा बालबालिकामा हुने सवै खालका हिंसा विरुद्ध कडाभन्दा कडा कानुनको आवश्यकता रहेको गोलबजार नपा ७ का वडाअध्यक्ष जगत श्रेष्ठले बताए । उनले विशेषगरी बालीकाहरुमाथि हुने यौनजन्य हिंसाका विरुद्ध हदैसम्मको कार्वाही जरुरी रहेको जनाए ।
कार्यक्रममा अखिल नेपाल महिला सघका केन्द्रिय सदस्य वासना मोक्तान, सशस्त्र प्रहरी वल वेस क्याम्प गोलबजारका प्रमुख इन्सपेक्टर दिपक कोइराला, मुक्ति नेपालका श्याम कुमारी साह, महिला उद्धार सेवा केन्द्रका रीता दहाल, आरआरएनका मनोज सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नगर उप प्रमुख रेशम कुमारी थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शभा अघि महिला हिंसा विरुद्ध तथा महिला सशक्ति करणका नारासहितको जुलुशले गोलबजार परिक्रमा गरेका थिए ।