सुरेश राय
सिरहा, २२ फागुन । रमपम चौथो गोलबजार मेयर गोल्डक्पको आज दोस्रो दिन विभागीय ए.पी.फ. काठमाडौं र डागिहाट फूटवल क्लव मोरङ बिच भएको खेलमा एपीएफ सुन्यको बिरुध २ गोलले विजयी भएको छ । खेल सुरु भएको २५ मिनेटमा एपीएफका जर्सी नम्वर २ का खेलाडि बिस्वास उदासले १ गोल गरेका थिए भन्ने जर्सी नम्वर १८ का खेलाडि रबि थिङले खेलको दोश्रो ईन्डिङमा १ गोलगरी २ गोलअन्तर्ले विजयी भएका हुन् ।
दुवै टिमको खेल अत्यन्त प्रतिस्पर्धि भएपनि जीत भने एपीएफले हासिल गरेको छ । आजको खेलमा उत्कृष्ट खेलाडीको उपाधी म्यानअफद म्याच एपीएफका जर्सि नम्वर १८ का खेलाडी रबि थिङ लाई प्रदान गरिएको छ । उनलाई ६ हजारको चेक गोलबजार नपा १ का वडा अध्यक्ष देववहादुर थापाले प्रदान गरेका थिए ।
भोलिको खेल आयोजक निलो र एभरेस्ट फुटबल कल्ब, सुन्सरी बिच हुने आयोजकले जनाएको छ ।
हिजो शुक्रवार भएको उद्घाटन खेलमा आर्मीको विभागीय टीमलाई एफसी झापाले १ को विरुद्ध ३ गोलले विजयी भएका थिए ।
गोलबजार प्रतिभा क्लब र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको प्रथम उपाधी नगद ४ चार ४ हजार ४सय ४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ७५ हजार हात पार्नेछन् ।