मुकेश यादव


सिरहा, ४ माघ । गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा गोलबजार कवर्डहलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ । नौं इभेन्टस्मा भएको खेलमा आर्मीको बर्चश्व रहेको छ ।

preens
पुरुष डवलमा त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र रत्नजित तामाङ प्रथम भएका छन् । उनीहरु आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पराजीत गर्दै प्रथम भएका हुन् ।
महिला तर्फको डवलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भएका छन् । उनीहरुले एपीएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई हराउँदै प्रथप पुरुस्कार थाप्न सफल भएका हुन् ।
एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मिले नै सफलता हात पारेको छ । आर्मीका भोज बहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजीत गरेका थिए ।
त्यसैगरी, गल्स अण्डर १७ अन्तर्गत अर्मीकै रशिला महर्जन प्रथम भएका टन् । उनले विराटनगर व्याडमिन्टन क्लवका रोज पाण्डेलाई पराजित गरेका थिए ।
एकल पुरुषतर्फ कैलाली देवराज रानाले आर्मीका दिवस संकरलाई पराजीत गर्दै प्रथम भएका हुन् ।
४५ वर्ष माथिका डवल पुरुषतर्फ अनिल कुमार लाखे बाँकै र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नविन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् ।
लेवल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपीएफका रशिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् ।
एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अन्जना राइलाई हराएका थिए । त्यस्ैगरी, पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दहालले एपीएफका दिपेश धामीलाई सोझो सेटमा हराएका थिए ।
प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोत हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ ।
गोलबजार नगरपालिकाका मेयर देवनाथ साहको प्रमुआतिथ्यमा खेल सम्पन्न भएको थियो । मेयर साहले खेलाडीहरुलाई शुभकामना दिंदै खेलले राष्ट्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सक्ने बताए । त्यसका लागि अनुशासित र लगतशिल भएर खेल्न खेलाडीहरुलाई हौशला प्रदान गरे ।
विशिष्ठ अतिथीहरु शुभास श्रेष्ठ राखेपका केन्द्रिय सदस्य, नेपाल व्याडमिन्टन संघका अध्यक्ष तथा नेपाल ओलम्पीक कमिटीका सचिव सहितका पदादीकाहरुले सफल खेलाडीहरुलाई शुभकामना दिएा थिए ।

गत पुस २९ गतेबाट शुरुभएको प्रतियोगितामा देशभरका तीन सय २५ जना प्रतियोगिहरु सहभागी थिए । प्रतियोगिहरुलाई नगद पुरस्कार सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको आयोजनकले जनाएको छ ।