मुकेश यादव

सिरहा, ३ माघ । गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा गोलबजार कवर्डहलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको १८ समूमा जारी सेमि फाइनल खेलमा अहिलेसम्म १४ खेलका नतीजा सार्वजनिक भएको छ ।
आज २ बजेबाट सुरु भएको सेमिफाइतल खेलमा पुरुष एकल तर्फ त्रिभुव आरमी क्लवका डेविढ थापामगर र दिवस शंकर विजयी फाइनलमा प्रवेश गरेका छन् ।
महिला एकलतर्फ कैलालीका प्राथना देवा र झापाकी अन्जना राई फाइनल प्रवेश गरेकी छिन् ।
त्यसैगरी, १७ वर्ष तलका पुरुष एकलतर्फ अर्मीकै भोज बहादुर गुरुङ्ग र आयुशमान नगरी, गल्स १७ वर्ष मुनिका २ खेल मध्ये आर्मीकी रशिला महर्जन र विराटनगरकी रोज पाण्डेले फाइनल प्रवेशको ढोका खोलेको छ ।
पुरुष डवलतर्फको खेलमा पनि आर्मीकै बर्चश्व रहेको छ । दुवै खेलमा आर्मीका पविन लिन्थेप, सुरज महर्जन र नविन श्रेष्ठ, रात्नजित तामाङ सेमिफाईनल पार गरेको छ ।
महिलातर्फको २ वटा डवल गेममा एपीएफका जेसीका गुरुङ, शुनैना मुखिया र आर्मीका अमिता गिरी र रशिला महर्जन विजयी भएका छन् ।
पुरुषकै ४५ वर्ष माथिक डलव खेलमा अनिल कुमार लाखे, शुवास श्रेष्ठको जोडी र पोखराका शोभाकर भण्डारी, नविन पराजुलीको जोडी पनि फाइनल प्रवेश गरेका छन् ।
र्याङ्कीङ १२ का लागि महिला र पुरुष एकल एक–एक, र रयाङ्कीङ १६ को लागि पुरुष २ खेलहरु भने जारी रहेको आयोजकले जनाएको छ । आज सेमिफाइनलका सवै खेलहरु सकिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोत हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका तीन सय २५ जना प्रतियोगिहरु सहभागी थिए । आजबाट शुरुभएको प्रतियोगिताको भोली ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।