गमक पोष्ट समाचारदाता
सिरहा, १ पुस । गोलबार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गोलबजार नगरक्षेत्रका फूटबल खेलाडीहरुको क्षमता वृद्धिको लिम्ति तीन महिने फूटवल प्रशिक्षणको आज नगर प्रमुख देवनाथ साहले उद्घाटन गरेको छ । जनता माध्यमिक (प्राविधिक) विद्यालय गोलबजारको प्राङ्गमा फूटवलका राष्ट्रिय प्रशिक्षक चेतन श्रेष्ठलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै प्रशिक्षणको उद्घाटन गरेका हुन् ।
उद्घाटन मन्तव्यको क्रममा नगरप्रमुख साहले प्रशिक्षण कार्यक्रमबाट निखारिएका कुशुल र स्तरीय खेलाडीलाई क्लव स्थापना गरि व्यावसायिक फुटबल खेलाडी बनाउने योजना नगरपालिकाको रहेको बताए । उनले त्यसको लागि खेलाडीहरुले पनि अनुशासित भएर स्तरीय खेल प्रदर्शन गर्न सक्ने पर्नेमा जोड दिए ।
नगरपालीकाले युवाहरुको व्यक्तित्व विकास तथा कुलटबाट बचाउनको लागि खेलकुद विकासमा जोड दिँदै आएको बक्ताहरुले बताए । बक्ताहरुले युवाहरुले देशलाई सहि दिशादिन सक्ने बताए । देशलाई चिनाउने खेल एउटा उत्तम माध्यम भएको भन्दै यो प्रशिक्षणबाट राष्ट्रिय स्तरको फूटवल खेलाडीहरु उत्पादन हुनेमा आफूहरु आशावादी रहेको बक्ताहरुले बताए ।
प्रशिक्षणमा नगरभरीकाक ५२ जना खेलाडीहरुको सहभागीता रहेको देलकुद प्रशिक्षक कसम लामाले जानकारी दिए । राष्ट्रि फूटवल प्रशिक्षक चेतन श्रेष्ठले खेलाडीहरुलाई तीन महिनासम्म सँगै बसेर प्रशिक्षण दिने लामाले बताए । उद्घाटन कार्यक्रममा वडा नं. ७ का अध्यक्ष जगद श्रेष्ठ र ९ का वडा अध्यक्ष रामपुकार कामती लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।