गमक पोष्ट समाचारदाता /महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानियहरुले प्रदर्शन गर्दा महोत्तरीमा तनाव भएको छ । स्थानीयहरु आक्रोशित भई बालिकाको शवलाई सडकमा राखेर प्रदर्शनमा उतरेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट आइतबार साँझदेखि हराएकी ६ वर्षीय बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपछि प्रहरीले भनेअनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन । आक्रोशित स्थानीयहरु अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’दोषि उपर कडा कार्यवाहिको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।महोतरी जिल्ला प्रहरी कार्यालयले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । साहको बर्दिबासमा समेत ३ तले घरमा स्थानीयहरु आक्रोशित भई आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन् ।
स्थानीहरुको अत्यधिक भीड भएको र उनीहरुले आगो नियन्त्रण गर्न अवरोध गरेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले बताए ।
घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईंले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्यास प्रहार गरिएको जानकारी दिए ।