गमक पोष्ट समाचारदाता/धनुषा, २ मंसिर । धनुषामा गएको रात एक दलित किशोरी सामूहिक बलात्कारका शिकार भएकी छिन् । दिपावलीकोअवसरमा गणेशमान चारनाथ नपा ४ गौरीपुरमा आयोजित नाच हेर्न गएकी सोही नपा ११ की एक किशोरी सामूहिक बतात्कारमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय सवईलाका अनुसार नाचबाट पीसाव फिर्न निस्केका बेला दुई युवले मुखथुनेर जवरजस्ती एक किमी पर लगेर बलातत्कार गरेको जनाएको छ । मदिराले मातेरका दुईजनाको समूमारहेका उनीहरुले करणीपछि छोडेर भागेको प्रहरीको भनाई रहेको छ ।
प्रहरीले घटनास्थलमबाट एक जोडी जुत्ता, केही कपडा र एक थान मोटरसाइकल बरामद गरेको छ । पीडितले एकजनाको नाम समेत बताएको प्रहरीको भनाई रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।