गमक पोष्ट समाचारदाता
सिरहा, ६ मंसिर । उदाउँदो सूर्यलाई अर्घदिंदै आजबाट छठ सम्पन्न भएको छ । ध्वजा पताकाहरुले सिङ्गारीएका पोखरी तथा जलाशयमा ब्रतालुहरु पुगेर आज शनिवार विहान उदाउँदै गरेको सूर्यलार्इ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरुको चढाउँदै आजबाट छठ सम्पन्न भएको हो ।
नियम पूर्वक ६ दिन सम्म ब्रत बसेर बर्तालुहरु रातभर छठ घाटमै जागराम बसेर विहानै उदाउँदै गरेको सूर्यदेवको पूजा गरेपछि छठ विधिवत रुपले सम्पन्न भएको हो ।
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाएका छन्। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुर्याएर पूजा गर्ने चलन छ ।
छठ वर्त वस्दा मनोकाक्षा पुरा हुने मान्यता भएका कारण तराइका हिन्दु समूदायले धुमधामका साथ छठ मनाउने गर्दछ ।