संजय महरा

सिरहा, ३ मंसिर । उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले वास्तविक भूमिहिन तथा सुकुम्वासीहरुले अझै जमिन नपाएको बताएको छ । राष्ट्रीय दलित नेटवर्क काठमाडांै सिरहाको लहानमा आयोजना गरेको भुमिहिन, सुकुम्बासी तथा हरवा चरवाको अधिकार सम्बधी कार्यशाला गोष्ठिलाई सम्वोधन गर्दै भूमिहिन तथा सुकुम्वासीहरुले आफ्नो अधिकारको लागि अझै एक जुटभएर आवाज उठाउनुपर्ने बताएका हुन् ।
राज्य मन्त्री मण्डलले नेपालमा व्यवस्था परिवर्तन भएसँगै हरेक तह तप्का समुदायमा पनि परिवर्तन हुनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनले नेपालमा बास्तविक सुकुम्बासिहरुले जमिन नपाएकोमा दुःखसमेत व्यक्त गरे । उनलेभने, ‘सुकुम्बासीको नाममा जग्गा ठूला ठूला धनाढ्य तथा माफियाहरुले कब्जाामा लिएको छ, त्यस्ता जग्गा फिर्ता गराई वास्तविक भुमिहिन, सुकुम्बासीहरुलाई वितरण हामी बनाउँछौं ।’
मन्त्री मण्डलले भुमिहिन तथा सुकुम्बासिहरुको जग्गा मारुति सिमेन्टजस्ता भुमाफियाहरुले कव्जा गरेको भन्दै त्यसतालाई प्रदेश सरकारले कार्वाहि गर्ने समेत जिकिर गरे । दलित, भुमिहीनको नाममा खेती गर्ने कम्युनिष्टहरुले उनिहरुको भोटले सत्तामा पुगेपनि त्यसतर्फ सिन्को भाँच्न नगसको मन्त्री मण्डलले आरोप लगाए ।
उनले गरिवमको सपनामा खेलवाड गरेर कम्युष्टिभनाउदाहरु महल ठटाएर, उनिहरुले जोगीको भेषमा चोरहरुले ठगें झैं सोझा सिधा जनतालाई ठगेको आरोप समेत लगाए ।
कार्याशाला गोष्ठिमा बरिष्ठ पत्रकार अर्जुन थपलियाले ‘भुमिहीन,सुकुम्बासी तथा हरवा चरवाका अधिकार’ सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राकेश झाले आफनो पार्टी सदैब दलित, भुमिहिन तथा सुकुम्बासीहरुको हक हितमा लडिरहेको बताए ।
राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव लागेन्द्र सदाले गरेका थिए । कार्यक्रममा, राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती देवी मण्डल, जिल्ला अध्यक्ष श्यामसुन्दर सदा, सप्तरिका अध्यक्ष देवलाल राम लगायतले मन्तव्य व्यक्त गरेका थिए । संचालन राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक संजय महराले गर्नु भएको छ ।
कार्यशाला कार्यक्रममा सिरहा, सप्तरि र धनुषाको भुमिहीन तथा हरवा चरवा अधिकारकर्मी र अगुवाहरुको सहभागिता थियो ।