सुरेश राय
सिरहा, २६ कात्तिक । सिरहाको गोलबजार नपा ११ वलकावामा भएको जिल्ला स्तरीय फूटबल प्रतियोगिताको फाइनल खेलमा गोलबजार ११ विजयी भएको छ । गोलबजार फुटबल क्लव गोलबजार २ र बलकावा विच भएको फाइनल खेलमा जिरोको विरुद्ध १ गोलले बलकावा विजयी भएको हो । 
प्रतियोगितामा प्रथम टिमलाई ३५ हजार ५ सय र दोस्रो हुने टिमलाई २० हजार ५ सय नगद सहित शिल्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
स्थानीय व्यवसायी प्रविण साह र रामसगुन यादवले पुरस्कार प्रमाणपत्र प्रदान गरेको थियो । फाइन खेलमा नेपाली कांग्रेसका जिल्ला सभापनि रामचन्द्र यादव लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाल तरुण दल गोलबजार ११ को आयोजनामा सम्पन्न खेल सम्पन्न भएको थियो । 
 
 


                    
                            
                                                            


        
        
        















