संजय विश्वकर्मा

लहान, २५ कात्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ मा संचालित फुटवल प्रतियोतिको मंगलबारको खेलमा भवनी युथ कल्ब भवानिपुर टिम विजय भएको छ । हर्दिया र भवानिपुर बिच भएको खेलमा सो टिम विजय भएको हो ।
खेलको निर्धारित समयमा प्रतिस्प्रधी कुनै टिमले गोल गर्न नसकेपछी पेनालटिमा भवानिपुर टीमलेले विजय हासिल गरेको आयोजकले जानकारी दिए । पाँच–पाँच गोलको लक्ष्य राखेको पलान्टीमा भवानिपुर – ५ र हर्दिया – ४ गोल दिएको थियो । आज सुरु भएको खेलमा भवानिपुरका सुमन मगर म्यान अफ द म्याच घोषित भएको थियो ।
नेपाली कांग्रसका जिल्ला सभापती एवम पुर्व सभासद रामचन्द्र यादवले खेलको उदघाटन गरेको थियो । कार्यक्रममा बोल्दै सभापती यादवले खेलकुदलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । प्रतिभा भएको खेलाडीहरुलाई सरकारले संरक्षण नदिएकोले उनिहरु बिदेशमा काम गर्न बाध्य रहेको सभापती यादवले बताए ।
बलन युवा फुटवल क्लव सखुवानन्कारकट्टी ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा– ३ पोर्ताहाले आयोजना गरेको खेलमा नेपाली कांग्रेस सखुवानन्कारकट्टी सिरहाले प्रायोजक गरेको थियो । ८ वटा टिमको सहभागिता रहेको खेलको फाईनल मंसिर २ गते हुनेछ । प्रथम पुरस्कारमा नगद रु २१ हजार र द्धितिय पुरस्कार १२ हजार सिल्ड, प्रमाणपत्र, मेडल लगायतको पुरस्कार खेलाडीलाई प्रदान गरिने छ । सहभागि टिमहरुले निति नियम र मञ्जुरीमा खेलमा सहभागी भएको आयोजकले जनाए । तिहार र छठ पर्वको अबसरमा खेलको आयोजना भएको हो ।