सिरहा, २५ असोज । सिरहामा अबैध रुपमा ग्राइभेल उत्खन्न गरिरहेको अवस्थामा सव डिभिजन वन कार्यालय, गोलबजार चोहर्वाले दुई टिफर र एक थान जेसिवी नियन्त्रणमा लिएको छ । नरहा गाउँपालीका वडा नम्बर ३ जोवहा सामूदायीक क्षेत्रमा पर्ने वन र खानी दर्ता नै नगराई वनक्षेत्रसँगै टाँसिएको नम्वरी जमिनबाट ग्रा्यभेल उत्खन्न गरिरहेको अवस्थामा ना. २ क. ११३ र प्र. २–०३–००१ ख. १४६५ नक्वरको टिफर र नम्वर नभएको एकथान जेसीवी नियन्त्रणमा लिएको हो ।

121433874_1140575706339446_1734642939001953993_n

नियन्त्रणमा लिएको केही समयमै नम्वरी जमिनको पूर्जा देखाएको भरमा वन कार्यालयले वडालाई गाडी जिम्मा लगाएको निमित्त सहायक वन अधिकृत कासिन्द्र यादवले जानकारी दिए । विशेष सूचनाको आधारमा अरु नै जेसीसीविले वनक्षेत्रको ग्रायभेल उत्खनन् गरेको खुलेको र उनीहरुले नम्वरी जमिनको पूर्जा ल्याएपछि वडालाई सवारी साधन जिम्मा लगाएको वताए । वन अधिकृत यादवले वनक्षेत्रबाट उत्खन्न् गर्ने जेसीवी र टिफरको खोजी भईरहेको पनि सुनाए । वन क्षेत्रको बाटो प्रयोग गरेको भएपनि नियन्त्रणमा लिएकाहरुले खनेको होइन भन्ने आफूहरुले थाहा पाएको भन्दै वन अधिकृत यादवले व्यवसायीकै बचाउ गरे ।

IMG20201010171423

उनलेभने, ‘वडा अध्यक्ष अनिसुल मियाँ सहित सवारी धनीहरु जमिनको लालपुर्जा लिएर आए, हामीले वडा अध्यक्षकै जिम्मामा सवारी साधन दियौं ।’
अव आईन्दा अवैध तरिकाले उत्खन्न नगर्ने भनेपछि गाडी धनीलाई जिम्मा लाएको बताए । उनलेभने, ‘स्थानीय नै थिए, रोई कराई गर्न थाल्यो, अवदेखि अवैध ढङ्गले उत्खनन् गरे, गाडी नै लिलाम गरिदिनु भन्न थालेपछि मैले छोडिदिएँ ।’
वसन्त यादवको टिफर रहेको वडा अध्यक्ष मियाँले बताए । उनले सिरहा आसपास ग्र्याभेल स्टोर गरिरहेको छ । त्यही लग्नको लागी उनले ग्र्यभेल उत्खनन् गरेको वडा अध्यक्ष मियाँले सुनाए । IMG20201010171000