गामक पोष्ट समाचारदाता
गोलबजार, २४ असोज । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा जारी प्रथम वडास्तरीय फूटवल प्रतियोगिताको आज शनिवार भएको वार्ड नम्वर २ र ११ विचको खेलमा वार्ड नम्वर २ ठूलो अन्तरले विजयी भएका छन् ।
गोलबजार २ ले ११ लाई सून्यको विरुद्ध ७ गोलले विजय हासिल गरेको हो । शनिवार सम्पन्न खेलमा गोलबजार नपा २ को तर्फबाट देलकै पहिलो ह्याट्रीक जर्सी नम्वर १२ का निर्मल लामाले गरेका छन् । उनी म्यान अफ दि म्याच खोसित भएको आयोजकले जनाएको छ ।
खेलमा जर्सी नँवर ९ का निश्चल लामाले २ गोल, जर्सी नम्वर १० का विशाल राई र १७ नम्वरका विनु आले मगरले १–१ गोल गरेका दिए ।
खेलमा म्यान अफ दि म्याच घोषित लामालाई वडा नम्वर ११ का अध्यक्ष रामदेव यादवले ट्रफि प्रदान गरेका थिए ।
भोली आइतबारको खेल गोलबजार नपा वार्ड नाम्वर २ र ११ विच हुने आयोजक क्लवका अध्यक्ष श्रवन यादवले जानकारी दिए ।






















