गामक पोष्ट समाचारदाता 
गोलबजार, २४ असोज । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा जारी प्रथम वडास्तरीय फूटवल प्रतियोगिताको आज शुक्रवार वार्ड नम्वर ६ र १३ विच भएको खेलमा वार्ड नम्वर ६ विजयी भएको छ । 
खेलको समय अवधिभर दुई वडाका टिमले १–१ गोल बजरावरी गरेपछि थप समयमा खेलाएको पेनाल्टीमा २ –३ गोलले वाडन्वर ६ विजयी भएको हो ।
पेनाल्टीमा वार्ड नम्वर १३ काले ३ गोल र ६ काले २ गोल पोलभन्दा बाहिर हानेको आयोजकले जनाएको छ । 
आज भएको खेलमा वार्ड नम्वर ६ का गोलकिपरलाई वेष्ट खेलाडीको अवार्ड प्रदान गरिएको जनाएको छ । 
भोली शनिवार गोलबजार नपा वार्ड नाम्वर २ र ११ विच प्रतिस्पर्धा हुने आयोजक क्वलका अध्यक्ष श्रवण यादवले जानकारी दिए ।


                    
                            
                                                            


        
        
        















