सिरहा, २३ असोज । धनगढीमाई नगरपालिकाका प्रशासकिय अधिकृत सहित ८ जनामा कोभिड –१९ संक्रमण देखिएपछि असोज ३० गते सम्मका लागि आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । बाँकी कर्मचारीहरुको पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले त्यसको रिपोर्ट नआउदा सम्म संक्रमण फैलिने उच्च जोखिम रहेको हुँदा आवश्यक सेवाबाहेक सम्पूर्ण बन्द रहने जारी सुचनामा उल्लेख गरिएको छ ।
सावित्रि कुमारी साहुद्वारा हस्ताक्षर गरी जारी गरिउको सुचनामा संक्रमण देखिएका कर्मचारीका सम्पर्क आएका व्यक्तिहरुमा पनि संक्रमण सम्भावना रहेकोले उनीहरुलाई पनि तत्काल पीसीआर परीक्षण गराउन अनुरोध समेत गरेको छ ।