गामक पोष्ट समाचारदाता

सिरहा, २२ असोज । बोक्सीको आरोपमा दिसा खुवाएर निर्घात कुटपिट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको नवजारपुर गाउँपालीका ५ कुर्सन्डीकी मुर्ती देवी यादवलाई बोक्सीको आरेप लाउँदै दिसा खुवाएर कुटपीट गर्ने मध्येका स्थानीय २० वर्षिय सन्तोष यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ २७ गते राती ११ बजे घरबाट बोलाएर धर्मनाथ यादवको घरमा लगि मरणासन्न हुनेगरी कुटपीछ संलग्नमध्ये एकजनालाई जिल्ला प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलिले सिरहाको भारतीय सीमावर्तिक्षेत्र भगवानपुर ठाडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् डिएसपी शालिग्राम पौडेलले जानकारी दिए । बाँकीको खोजी भईरहेको जनाएको छ ।
उनीहरुको कुटाईबाट मुर्तिदेवीको दुईवटा दाँत भाँचिएको छ । उनले ऋणलिएर उपचार गरेका छन् । गाउँलले उनलाई बोक्सिको आरोपमा कुटपीट गरेपनि लामो समयसम्म प्रहरीले पीडकलाई नपड्दा निरास भएका छन् ।
घटनाको एक महिना पुग्न लाग्दा पनि मुर्तीदेवी अझै राम्रोसँग बोल्न सकेकी छैनन् । उनी अझैपनि टोलाईमात्र वस्ने गरेको छ ।