गोलबजार, २० असोज । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते विहिवारबाट पहिलो वडा स्तरीय फूटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरक्षेत्रमा रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फूटन गराउने उदेश्यले १३ वटै वडाका खेलाडीहरुविच प्रतिस्पर्धा गराउन लागेको आयोजक क्लवका अध्यक्ष श्रवण कुमार यादवले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार र दोस्रो हुनेलाई १० हजार नगरद र ट्रफि पुरस्कार दिने आयोजकले जनाएको छ । गोलबजार नगरपालीकामा हुने र गोलबजारको नामले बाहिर हुने खेलहरुमा पनि बोरो ल्याएर खेलाउने परम्पारको अन्त्यको लागि यो खेल सहायक हुने आयोजक संस्थाले जनाएको छ ।
सोमबारबाट सुरुहुने प्रतियोगितामा पहिलो दिन उद्घाटन खेल गोलबजार नपा ३ र १० वडा विच हुने छ । त्यसैगरी, दोस्रो दिन २३ गते ६ र १३, २४ गते २ र ११, २५ गते ९ र ५, २६ गते १ र ४, २७ गते ८ र १२, २८ गते १ र ४ विचको पर्तिस्पर्धामा विजयी टिम र ७, २९ गते ८ र १२ विजको स्पर्धामा विजयी टिमसँग आयोजक भिड्ने आयोले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गते हुने छ । खेल कदिमाटोलदेखि पूर्वको मैनावत्ती खोलको खेलमैदान हुने छ ।