सिरहा, २० असोज । सिरहा प्रहरीले मुद्दा फाँटमा कामगर्ने प्रहरी हुँ भन्दै ठगीगर्न खोज्ने अर्नमा गापा का ३० वर्षिय मो. जाबिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जवरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको बडियारपट्टी गापा ४ का २३ वर्षिय शिव कुमार साहका भाई सँग तिम्रो दाजुलाई छुटाई दिन्छु भन्दै ३५ हजार रकम माग गर्ने जाबिरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाविरले शिवकमारको भाई मुकेशलाई म मुद्दा फाँटमा बस्ने प्रहरी हुँ, खर्च गरे तिम्रो दाईलाई छुटाई दिन्छु भन्ने झुठा प्रलोन दिएको प्रहरीले बताएको छ । प्रहरीले ठगीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नियन्त्तणमा लिएको हो । उनीमाओ अनुसन्धान भईरहेको जनाएको छ ।