सिरहा : दलित संघर्ष समिति, सिरहाले इलाका प्रहरी कार्यालय, रौतहट गरुडाको थुनामा रहेका स्थानीय २० वर्षिय विजय रामलाई हत्यामा संलग्न प्रहरीलाई कार्वाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय जिरञ्जन रामको हत्या अभियोगमा पक्राउगरी हिरासतमा लिएका विजयको प्रहरी हिरासतमै अत्यधिक यातनाका कारण गत ११ गते उपचारको क्रममा मृत्यु भएको विजय र निराजनको हत्यारालाई कार्वाहीको माँग गर्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापनपत्र बुझाएको हो ।
निरञ्जनको हत्या स्विकारगर्न दवाव दिदै प्रहरी हिरासतभित्रै दिएको चरम यातनाका कारण विजयको मृत्यु समितिका संयोजक राजेश विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘वास्तविक हत्याराई जोगाउँदै निर्दोश प्रहरी प्रशासनले निरिह दलितमाथि गरेको चरम यातनाले ज्यानै लियो । घटनाको सम्पूर्ण प्रकृति र प्रवृतिले विजय रामलाई फासाउन र वास्तविक हत्यारालाई उन्मुक्ति दिनको लागि कडा यातना दिएको देखिन्छ । जसका कारण विजयले ज्यानै गुमाउनु पर्यो ।’
विजय हत्या घटनालाई संघर्ष समितिले हत्यारा उम्काउनेमात्र नभई दलित प्रति प्रहरी प्रशासनले देखाउँदै आएको व्यवहारको रुपमा बुझेको बताएको छ ।
विज्ञप्तीमा उल्लेख गरिउको छ, ‘ यो घटना मात्र हैन न्यायका लागि प्रहरी प्रशासनसमक्ष पुग्ने धेरै दलितहरुले मैत्रिपूर्ण व्यवहार पाउन सकिरहेको छैन, यो घटनाले झन हामीलाई अविश्वास पैदा गरेको छ ।’
समितिले रौतहट घटनामा विजय रामलाई यातना दिएर मृत्युको मुखसम्म पुर्याउने प्रहरी र त्यहाँका प्रमुख तथा निरञ्जन रामको हत्यारालाई हदैसम्मको कार्वाहीको जोडदार माँगगर्दै पीडित परीवारलाई उचित राहतको लागि माँग गरेको छ ।
त्यसैगरी, सिरहाको औरही गाउँपालीकाका शिवजी यादवले गिरोह नै सञ्चालन गरी जिल्लाका विभिन्न ठाउँका दलित विशेषगरी सदा (मुसहर) समुदायका युवाहरुलाई भारतको पञ्जाव, हरियाना सहितका स्थानमा पुर्याई मजदुरी गराउने र उनीहरुमाथि व्यापक श्रम सोषण गर्नुको साथै मानसिक तथा शारिरीक यातना सम्म दिने गरेको विभिन्न संचारमाध्यमबाट सार्वजनिक भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
शिवजी यादवले दलितहरुलाई बन्दि बनाएर काममा लागाउने, पेश्की भनेर दिएका रकमलाई ऋणमा रुपान्तरण गरेर दलितहरुमाथि श्रम शोसण गरेको पनि विज्ञप्तीमार्फत जनाएको छ । यो घटनाले समाजमा अझैपनि दलितहरु किनबेचको सामाग्रीजस्तो प्रयोग भएको देखिएको उनीहरुको ठहर रहेको छ ।
त्यसैले यो घटनाको गाहन छानविन गरी शिवजी यादव लगाएत उनका गीरोहमा संलग्न सम्पूर्ण व्यक्तिलाई हदै सम्मको कार्वाहीको दलित संघर्ष समिति, सिरहाले माग गरेको छ ।
दलितहरुप्रति हत्या, मारपीट, छुवाछुतको घटना भईरहँदा पनि राज्यलको उचित कदम नरहेको भन्दै दलितहरुमाथि अव पनि यस्तै अवस्था रहिरहे कडा आन्दोलनको चेतावनी दिएको छ ।
जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रदेश सरकार, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगमा ज्ञापनपत्र बोधार्थ पठाएको छ ।