सिरहा, १३ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ९ को वनक्षेत्रमा पर्ने करोडौं मूल्यको जग्गा भुमाफियाको कब्जाबाट फिर्ता गरेको छ । सुकुम्वासी समस्या समाधान आयोगले २०५८ सालको किर्ते पूर्जाबनाई एकैजनाको नाममा दर्ता गरिएको साविक चन्दउदयपुर गाविस ८ हाल गोलबजार नपा ९ को ४ सय २० कित्ता नम्वरको २ विगहा ७ कठ्ठा १५ धुर जमिनको रजिष्ट्रश नबदरगरी वनकै नाममा फिर्ता भएको हो ।
माफियाहरुले २०७५ मा स्काभेटर लगाएर बन बुट्यान सफा गर्न थालेपछि स्थानीयले लखेटेका थिए । त्यसैवेला यसमा सिरहा जिल्ला अदालतको मुद्दा दर्ता नं. ३२–०७४–०२६६१(०७४–ऋए–१९५८) दायर मिति २०७५।०३।०७ मिति २०७७।०४। २६ को निर्णय को अधिनमा रहि डिभिजन बन कार्यालय सिरहाले मिति २०७७ भदौ ११ गतेको निर्णयले सो कित्ताको जग्गा वनक्षेत्रको कामय हुने निर्णय भई सरकारी जग्गा संरक्षण गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।
मालपोत तथा भूमिसुधार कार्यालयबाट व्यक्तिको नाम बदर गराई जमिन बनको नाममा आएको डिभिजन वन कार्यालय सिरहा लहानका प्रमुख शुभाष चन्द्र दासले बताए ।
आयोगबाट सिरहा गोलबजर नपा ४ का फौजबहादुर भट्टको नाममा सो जमिन दर्ता भएको थियो । भट्टको नामबाट भने २०७४।०६।२० गते का सदन १५ लाख थैली राखी मालपोत कार्यालय सिरहाको रजिष्ट्रेशन नम्वर २ हजार ६ सय ६० बाट धनगढीका बिना कुमारी चौधरी र सिरहाका अनितादेवी साहको नाममा संयुक्त पास भएको थियो ।
भट्टले भने त्यो जमिन आफ्नो नाममा कसरी आयएको भन्ने केही थाहा नभएको बताए । उनले मिर्चैयाका एकजनाले बोलाएर लगि सवै कागजमा सहि छाप गर्न लगाएरको बाहेक आफूलाई कुनै जानकारी नभएको सुनाउँदै आएका छन् ।
गोलबजार नगरपालीका ९ अन्तर्गतकै कित्ता नम्वर २ सय ४९ को १३ कठ्ठा जमिन सरकारको नाममा फिर्ता भएको को हो । सो जमिन साविक आयोध्यानगर ७ का विनोद कुमार यादव, थल्हाकटहा २ का रामदेलावन यादव र सीतापुर प्र.रा. ६ का रविन्द्र कुमार यादवको संयुक्त नाममा दर्ता भएको थियो ।
जमिन फिर्ताको लागि स्थानीयले पटक पटक आन्दोलन गर्दै आईरहेका थिए । केही दिनअघिमात्र जिल्ला अदालत सिरहाले विपक्षीको नाममा फैसला सुनाएपछि आफूहरु आन्दोलनमा उत्रिएको वडा अध्यक्ष रामपुकार कामतीले जानकारी दिए । उनले आफूहरुले कोरोनाकै बावजुत सिडियोलाई ज्ञापनपत्र बुझाउने र सडक जामगर्ने सम्मको आन्दोलन गरेको बताए ।