फाईल फोटो।
काठमाडौं, १९ कात्तिक। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरिएकोबारे सरकारले औचित्य पुष्टि गर्ने बताएका छन्।
चितवन पुगेका लामिछानेले आज पत्रकारसँग कुरा गर्दै सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि सरकारकै रहेको बताए हो।
रास्वपा सभापति लामिछानेलाई पत्रकारले आईजीपी प्रकरणमा पार्टी र सरकारको धारणा बाझियो नी? भनेर सोधेका थिए। उनले भने, ‘पार्टीले सरकारलाई आईजीपी फेर, डीआईजी फेर, इन्स्पेक्टर फेर वा सीडीओ फेर भन्दैन, त्यो सरकारले गर्ने हो। आवश्यक पर्दा सरकाले त्यसको जवाफ दिनु पर्छ।
लामिछानेले सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए।
उनले पार्टीले आवश्यक पर्दा सरकारले गरेका कामको निगरानी गर्ने, आवश्यक पर्दा सोध्ने र चेक एण्ड व्यालेन्सको लागि सोध्ने र निर्देशन दिने पनि गर्नु पर्ने हुन सक्छ।






















