गोलबजार, १८ कात्तिक।  उद्योग व्यापार संघ गोलबजार सिरहाले नयाँ नेतृत्व चयनकोलागि निर्वाचन कार्यातालिका घोषणा गरेको छ। निर्वाचन कार्यतालिका अनुसार मंसिर ४ गते मतदान र यहि कात्तिक २५ गत्ते उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको छ। आजै निर्वाचन अधिकृतको सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 

भोली कात्तिक १९ गते मदतादा नावाबली प्रकाशन, २० गते विहान १० देखि १२ बजेसम्म नामावलि उपर दावी विरोध, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन सचिवालयको जारि गरेको निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ। 

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रशान्त कुमार साहद्वारा जारी तालिका अनुसार २५ गते मनोनय दर्ता,  २६ गते विहान १० बजे मनोनय दर्ता भएको नामावली प्रकाशन, सोही दिन १० देखि १२ बजेसम्म मनोनय दर्ता उपर दावी विरोध र २७ गते विहान अन्तिम नामावली प्रकाशन, २८ देखि मंसिर २ गते १२ राति बजेपछि मौन अवधी सुरुहुने र ४ गते विहान ८ देखि वेलुका ५ बजेसम्मको लागि मदतान अवधि तोकिएको छ। 

प्रमुख निर्वाचन अधिकृत साहले निर्वाचन निपक्ष, भयरहित र शान्तिपूर्वक सम्पन्न गर्न सम्पूर्ण पक्षसँग सहयोगको अपेक्षा गरेको बताए। 

गोलबजार उद्योग ब्यापार संघको सातौ साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन कार्यक्रम यहि कात्तिक ११ गते सम्पन्न भएको थियो।

efa8d138-1211-4eaf-961a-926074daed57