काठमाडौं, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५७ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इंगल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाउन सक्यो। मलानले ७० र्न बनाए। रवि बोपराले ३२ र डन मोस्लेले २९ रन बनाए।
विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसल महँगो सावित भए। उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए।






















