काठमाडौं, ७ मंसिर। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।
बालेनले सोमबार दिउँसो राष्ट्रपति निवास पुगेर मुर्मूसँग भेटवार्ता गरेका हुन्। भेटका अवसरमा दुई देशका हितका विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री बालेन भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता सम्पन्न गरेपछि राष्ट्रपति मुर्मूलाई भेट्न पुगेका थिए। उनी दुई दिने भारत भ्रमण पूरा गरी आजै साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ।






















