न्युयोर्क, ७ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी अधिकारीहरू र इरानी प्रतिनिधिमण्डलबीच ूनिकै राम्रोू बैठक भएको जानकारी दिएका छन्।

न्युयोर्कमा खाडी सहयोग परिषद्का नेताहरूसँगको वार्ताका क्रममा उनले उक्त कुरा बताएका हुन्।

यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानसामु अमेरिकासँग सम्झौता गर्ने वा थप सैन्य कारबाहीको सामना गर्ने भन्ने दुई विकल्प मात्र बाँकी रहेको स्पष्ट पारेका थिए।

आफ्नो सम्बोधनका क्रममा ट्रम्पले अमेरिकामा हुने मध्यावधि निर्वाचनलगत्तै वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्झौता हुने विश्वास समेत व्यक्त गरेका छन्।

(न्यूज कारखाना)