मिर्चैया, २० कात्तिक। सिरहा प्रहरीले १० ग्रामभन्दाबढी प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले मिर्चैया नगरपालिका ६ कटारी चोकबाट १० ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका ५ का २७ वर्षीय कृष्ण कुमार यादव र कल्याणपुर नगरपालिका ४ का २० वर्षीय सुरेन्द्र यादवलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा पुगेको प्रहरीले बा. प्र.०२–००५ प ३७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेक जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालले जानकारी दिए।
प्रहरीलाई देखेपछि चालक भने फरार भएको छ। उनको खोजी भईरहेको छ।





















