सिरहा, ९ असार। लहान नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपियाँ ३७ पैसाको बजेट प्रस्ताव गरेको छ। पालिकाको प्रमुख आज जारी १८ औँ नगरसभामा नगर उपप्रमुख रामचलित्तर महतोले उक्त बजेट प्रस्ताव गरेको हो। 

lahan2

आन्तरिक स्रोतबाट १६ करोड ३२ लाख आठ हजार ५७६ रुपियाँ ३७ पैसा, अल्या (मौज्दात रकम) तर्फ २९ करोड रुपियाँ, सङ्घीय समानीकरण अनुदानतर्फ २० करोड ६३ लाख रुपियाँ, सङ्घीय ससर्त अनुदान चालुतर्फ ४४ करोड ४३ लाख रुपियाँ, सङ्घीय ससर्त अनुदान पूँजीगततर्फ एक करोड ७५ लाख रुपियाँ, सङ्घीय विशेष अनुदान पूँजीगततर्फ एक करोड ७५ लाख रुपियाँ, सङ्घीय समपूरक अनुदानतर्फ ४५ लाख रुपियाँ, प्रदेश समानीकरणतर्फ एक करोड ४४ लाख ४९ हजार रुपियाँ, प्रदेश पूँजीगततर्फ ३० लाख रुपियाँ, सङ्घीय राजस्व बाँडफाँडतर्फ एक करोड २० लाख ६० हजार रुपियाँ र मालपोत रजिस्ट्रिेसन अनुमानित रकम ६ करोड रुपियाँ गरी कुल  एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपियाँ ३७ पैसाको बजेट प्रस्ताव बजेट प्रस्तावित गरेको छ।

लहान नगरपालिकाको चालु खर्चतर्फ ३४ करोड ८० लाख रुपियाँ र सङ्घीय सरकारको चालुतर्फको कार्यक्रमका लागि ४४ करोड ४३ लाख रुपियाँ गरी जम्मा चालु खर्च ५६.६९ प्रतिशत (७९ करोड २३ लाख रुपियाँ) र पूँजीगत खर्चतर्फ ४३.३१ प्रतिशत (६० करोड ५२ लाख १० हजार ५७६ रुपियाँ ३७ पैसा) विनियोजन गरिएको छ। 

705521264_1588534663277540_4869241638790147670_n

प्रस्तावित बजेटमा पूर्वाधार, सहरी विकास, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य, कृषि तथा सिँचाइ, पशु विकास, खानेपानी, सरसफाइ तथा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिई खर्च गर्ने भनिएपनि कुन शिर्षका कति बजेट विनियोजन भएको भने प्रस्ताव गरिएको छैन। 

गोलमटोलरुपमा बजेट प्रस्ताव गरिएपनि ठोसरुपमा शिर्षकअनुसार बजेट विनियोजन नभएको प्रति सहभागीहरुले टिप्पनी गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभाका पूर्वसदस्य तथा पुराना राजनीतिज्ञ विकासको प्रकृया कहिल्यै पुरा नहुने बताए। उनले भने, ‘कसैले भन्नुहोला, हामीले विकासका सम्पूर्ण कामहरु गरिसकयौं। तर, विकास कहिल्यै पुरा हुँदैन, यो निरन्तर चलिरहने प्रकृयाहो।’  

उनले नगरपालिकाले प्रस्ताब गरेको नीति कार्यक्रम तथा बजेट समग्रमा राम्रो देखिएपनि कृषिक्षेत्रलाई प्राथमिक्ता दिनुपर्नेमा जोड दिए। उनलेभने, ‘हामीले हाम्रो विकास गर्नेहो भने कृषि क्षेत्रमा लगानी वृद्धि गर्नु पर्छ। त्यससँगै सामुदायिक शिक्षा, स्वास्थ्य र विकास निर्माणका अन्यकामलाई प्राथमिकीकण गर्नु पर्छ।’ 

उनले लहानको समग्र विकासकोलागि बजेट कार्यान्वयनमा इमानदार प्रयास आवश्यक रहेको सुझाव दिए।

शुभकामना मन्तव्यकै क्रममा मधेश प्रदेशसभा सदस्य ललिता दासले बजेटको शिर्षहरु मिलाएर राखेको भएपनि कार्यान्वय हुनेमा आशंका व्यक्त गरे। उनले नीति बजेट तथा कार्यक्रम महत्वकाक्षी भएपनि पुरागर्न नसकिने बताए।

उनले दहेज प्रथा नियन्त्रणको विषयपनि नीति तथा कार्यक्रममा उल्लेख भएको बताउँदै दहेज नियन्त्रणको लागि छोरी शिक्षामा विशेष जोड दिनुपर्ने बताए। उनले भने, ‘दहेज प्रथा न्यूनिकरणको लागि लामोसमयदेखि जनचेतना कार्यक्रमहरु भयो, तर यो अझै नियन्त्रण हुन सकेको छैन। दहेज प्रथा न्यूनिकरणको लागि महिलालाई शिक्षीत बनाउनु पर्छ।’

कार्यक्रममा पूर्व नगरप्रमुख प्रकाश केसी, वडाध्यक्षहरूका तर्फबाट २४ नम्वर वडाका वडाअध्यक्ष रासलाल राय, जिल्ला उद्योग वाणिज्य सङ्घ लहान, सिरहाका अध्यक्ष प्रदीपकुमार गुप्ताले  शुभकामनासहित सुझाव दिनुभएको थियो।

नगरपालिकाले सो अवसरमा किसान, अवकाशप्राप्त शिक्षक, सञ्चारकर्मी, समाजसेवी, राजनीतिकर्मी, व्यवसायीसहितका व्यक्तित्वलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।