सिरहा, १९ जेठ। सिरहा प्रहरीले अवैध रूपमा भण्डारण गरी राखेको १९ लाख ६० हजार बराबरको ७० बोरा फर्सिको बीउ (वियाँ) बरामद गरेको छ। भारततर्फ निकासी गर्ने उदेश्यले नेपाल भारत सीमावर्ति क्षेत्र बरियारपट्टी गाउँपालिका २ का हरिदेव दासको घरमा भण्डारण गरिराखेको उक्त फर्सिको बीउ बरामद गरेको हो। 

दासको भरमा अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्न फर्सीका बीउ लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा पुगेका प्रहरीले रीतपूर्वक खानतलासी गर्दा घरको प्यासेजमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बीउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

डीएसपी पालका अनुसार उक्त बीउको सिरहाको एक पसलबाट खरिद गरेको विलमा खरबुज्जाको विउ भनि उल्लेख गरिएको र बोरामा भने फर्सिको बीउ फेला परेको बताए। 

उनले सिरहाका खरिदकर्ताले बीरगञ्जबाट विउ ल्याएको मौखिक जानकारी दिएपनि त्यसको आधिकारी विलविजक फेला नपरेकोले बीउ बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सारको जिम्मा लगाएको बताए। 

उक्त बीउको बजार मूल्य प्रति बोरा २८ हाजारका दरले ७० बोराकोे १९ लाख ६० हजार पर्ने प्रहरील बताए। बरामद गरीको उक्त बीउ प्रहरीले आवश्यक कार्वाहीको लागि मंगलबार  जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ। 

mount 2082 1