काठमाडौं, १५ चैत। नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन्। सीआईवी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनलाई बुढानिलकष्ठबाट पक्राउ गरेको हो।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो। जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ।

२४ भदौमा भएको तोडफोड र आगजनीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ।