सिरहा, २६ माघ। नेकपा (एमाले)का जिल्ला सदस्य संजिव कुमार महराले पार्टी परित्याग गरेको छ। पार्टीका भगनीसंगठन मुक्ति समाज नेपालका जिल्ला अध्यक्षसमेत रहेका गोलबजार नगरपालिका ४ का महराले आजैबाट पार्टीको साधारणसदस्य समेत नहनेगरी पार्टी परित्याग गरेका हुन्। 

महराले प्रस विज्ञप्ती जारी गर्दै आफू पार्टीका सवै जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहेको जनकारी गगराएको उल्लेख गरेको छ। महरा २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको प्रत्यासिसमेत रहेका थिए। उनी थोरै मतान्तरबाट वडाअध्यक्ष पराजित भएका थिए। 

आईतबार पनि नेकाप एमाले पार्टी गोलबजारका ३६ जना संगठित सदस्यहरुले राजिनामा दिएका थिए।