सिरहा, २७ कार्तिक। सिरहाका एक सामुदायिक आधारभुत विद्यालय पठन–पाठन गराउने पवित्रस्थान भन्दापनि शिक्षकहरुको जाखिर खाने ठाउँ बनेको छ। धनगढीमाई नगरपालिका १ बाखैरस्थित जनता आधारभुत विद्यालयमा ७ जना शिक्षक कर्मचारी छन्। विद्यार्थीको सङ्ख्यापनि झण्डै उस्तै छ।
विहिवार विहान करिव ११ बजे हामी विद्यालयपुग्दा केही विद्यार्थी चौरमा टकली रहेका थिए। हामीलाई देखेर उनिहरु कक्षा कोठामा पसे। उनीहरुलाई पछ्याँदै हामीपनि कक्षा कोठामा पुग्यौं, कक्षा कोठामा जम्मा १० जना विद्यार्थी थिए।
कक्षा कोठामा पहिलादेखि ४–५ जना विद्यार्थी र दुई जना शिक्षिकाहरु गफिएर बसेका थिए। हामीलाई देखेपछि शिक्षिकाहरु जर्याक जुरुक उठे। त्यतिवेलासम्म सवै विद्यार्थी भुईंमा ओछ्याएको धुलाम्मे कार्पेटमा बसिसकेका केथिए।
भित्र पसेपछि हामीले सोध्यौं यो कति कक्षा हो? प्रधानाध्यापक द्रोपदी कुमारी साहलेभने, १ देखि ५ कक्षा सम्मको। जम्मा यति? फेरी प्रश्न गर्र्यौं। उनले भने, हो।
हामीले पालैपालो सोध्दा त्यसमध्ये एक कक्षामा २, दुई कक्षाका ३, तीन कक्षाका ३ र चार कक्षाका २ जना विद्यार्थी रहेछ। पाँच कक्षाका विद्यार्थी एक जना पनि थिएनन्।
रोचक विषयत के भने आज (विहिवार) झन धेरै विद्यार्थी जम्मा भएका रहेछन्। अन्यथा ३–४ जना विद्यार्थी आउँथे। एक स्थानीय युवकले भने। उनले सुनाए, ‘यहाँ आजै होला यतिको विद्यार्थी जम्मा भएको अन्य दिन त, ४–५ जना विद्यार्थी आउँथे। शिक्षक शिक्षिक १२–१ बजेसम्म गफियर बस्थे र पालै पालो घरतिर लाग्थे, आज कसरी यतिको विद्यार्थी जम्मा भएछन्।’
विद्यार्थी हाजिरी रजिष्टरमा भने ७५ जना विद्यार्थी देखिन्छ। त्यस बापत राज्यबाट सवैखालको सेवा सुविधा लिने गरेको छ।
विद्यालयमा एक स्थाई, दुई राहत,एक जना निजी स्रोत, २ जना बाल विकास र एक जना कार्यालय सहयोग रहेका छन्।
एकै परिवारका चार जना शिक्षक भएकाले यहाँ उनीहको एकलौटी चल्ने गरेको स्थानीय अभिभावको भनाई रहेको छ। प्रधानाध्यापक साहकै परीवारका यहाँ जम्मा ४ जना कर्मचारी छन्। उनीहरु आफ्नो राजी खुसीले विद्यालय चलाई रहेका छन्, ती अभिभावकले भने।
प्रधानाध्यापक साहले भने यहाँ पढ्ने धेरै दलित समुदायको बच्चा भएकाले अहिले धानकाट्ने समय भएकाले अभिभावकसँगै जाने गरेकाले विद्यार्थीसंख्या कम भएको बताउँछन्।
पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा पठन पाठनको नियमितता र गुणस्तर नभएकाले विद्यार्र्थीहरु कम आउने गरेको स्थानीय अभिभावक बताउँछन्। विद्यालयमा पानी र शौचालयको उचित प्रवन्ध नहुँदा पनि विद्यार्थीसँख्या घटेको अभिभावकको भनाई छ।
शिक्षक, कक्षा कोठा हुँदाहुँदै पनि सवै विद्यार्थीलाई एउटै कक्षा कोठामा राख्ने र शिक्षहरु पालैपालो घुमेर तलव खानेगरेको स्थानीयको आरोप छ।





















