सिरहा, ९ मंसिर। नेपाल पत्रकार महासंघ सिरहा शाखाले ‘पत्रकारलाई सामुहिक गिरफ्दार गर’ भन्दै आज जिल्ला प्रशासन कार्यालय सिरहामा धर्ना दिएका छन्। कार्याकक्षमै पुगेर पत्रकारहरुलाई गिरफ्दारी गरेको विरुद्ध केन्द्रीय पूर्वघोसित संघर्षका कार्यक्रम अन्तर्गत सिरहा शाखाका सचिव मुकेश कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्। 

समाचार लेखेकै कारण समाचार कक्षमै प्रहरी प्रवेशगरी पत्रकारमाथि गरिएको धरमकड, प्रेसलाई नियन्त्रण गरर्ने मनसायले काउन्सिल एनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सचारगृहमा अनधिकृत रुपमा गाडी तेस्र्याउनेलाई हालसम्म कारबाही नगरिएको जस्ता प्रेस विरोधी गतिविधिको विरुद्ध महासंघ आन्दोलमा छन्। सोही अन्तर्गात आज देशैभरको जिल्ला प्रशासन कार्यालयमा महासंघले ‘पत्रकारलाई सामुहिक गिरफ्दार गर’ सरकारलाई आव्हान गर्दै धर्ना बसेको हो।