सिरहा, ३० भदौ। सिरहाको गोलबजार नगरपालिका ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले कार्यालायको महत्वपूर्ण कागजात र कम्प्यूटर सुरक्षित गर्ने मनसायले निकाल्ने क्रममा स्थानीयले अवरुद्ध गरेपछि उनीहरुकै जिम्मा लगाएर हिडेको बताएका छन्। जेएनजीको आन्दोलनको क्रममा धेरै कार्यालयहरुमा आगजानी भएपछि २४ गते राति वडा कार्यालायको महत्वपूर्ण कागजात र कम्प्यूटर सुरक्षित गर्न निकाल्दै गरेको बेला स्थानियले लानबाट रोके पछि छोडेर हिडेको बताएका हुन्। 

हाम्रो वडा कार्यालयमा पनि आगलागी हुने गोप्य सूचना पाएपछि वडा सदस्य र सचिवसँगको सल्लाहमा २४ गते राति १० बजे कार्यालयबाट सामान सुरक्षित गर्न अन्यत्र लान लागेको बताए। उनले भने, ‘कुनै गलत मनसायले होइन, यहाँको काजगातहरुमा डढेलो लाग्दा यहिको जनताले दुःख पाउने हो। मैले त्यसैले नै सुरक्षित गर्न लागेको थिएँ। गलत मनसायले लान खोजेको होइन।’

लाने समय भने गलत भएको उनले स्वीकार गरे। उनले भने, ‘रातको समयमा त्यसो गर्न हुन्थ्ेन। तर सयम र परिस्थिति नै खराव भएकोले छिटो सामान सार्न खोजिएको थियो।’ 

उनले स्थानीय राजनीतिक प्रतिशोध साध्नको लागि आफूमाथि झुठा आरोप लागएको बताए। उनले भने, ‘मेरो चोरी गर्ने कुनै मनसाय होइन, जनताको नासो सुरक्षित गर्ने नियतले सामान सुरक्षित गर्न सार्न खोजेको थिएँ। बाहिर फैलिएको भ्राममा नपर्न सवैलाई आग्रह गरे।’ 

स्थानीयले भने वडा अध्यक्ष आफ्नो आशेपासेको आडमा कार्यायको महत्वपूर्ण कागजात र कम्यूटर चोरी गरेर लग्ने क्रममा आफूहरुले नियन्त्रणमा लिएर सुरक्षित गरेका बताए। उनीहरुले कार्यालयभन्दा सुरक्षित अरु ठाउँ नै हुन नसक्ने भन्दै, सामान चोरी गर्ने नियतले नै आएको दावी गरे।