सिरहा, २४ भदौ। युवा विद्यार्थीहरुले जिल्लाका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि प्रदर्शन गरेका छन्।
सोमबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोधमा घोराहीका विभिन्न कलेजका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्।
जिल्लाका सवैजसो बजारमा विद्यार्थी तथा युवाहरू स्वस्फुर्त सडकमा निस्किएका छन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीको विरुद्व चर्का नारा लगाएर सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्।
जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, सिरहालगायतका बजारहरुमा युवाहरुले सरकार तथा प्रधानमन्त्री ओली विरुद्ध चर्का नारा लागाएर प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनका कारण हजारौं सवारी साधनहरु सडकमै अलपत्र परेको छ।
राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले नाराबाजी गरिहेका छन्। जिल्लाका अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।
सोही क्रममा मंगलबार विहान गोलबजारका युवाहरुले हिजो मृत्यु तथा घाईतेभएकाहरुको सम्झनामा मैन बत्ति बालेर शोक प्रकट गरेका थिए।
























