सिरहा, १० असार। प्रतिनिधीसभा सदस्य लिलानथ श्रेष्ठले दिगो विकासको लागि शिक्षामा भरपुर लगानी गर्नु पर्नेमा जोड दिएका छन्। गोलबजार नगरपालिकाको १३ अधिवेशनलाई सम्वोधन गर्दै उनले शिक्षामा सुधार नभएसम्म विकासले उचित गति लिन नसक्ने बताएका हुन्।
पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले विकास भनेको माटो, ग्रोभट, सडक र भवन निर्माण मात्र नभएको बताए। उनले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र कृषिमा लगानी वृद्धि गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘शैक्षिक रुपमा हाम्रो प्रदेश निकै कमजोर छ। शैक्षिक अवस्था सुधार कम्तीमा २० प्रतिशत बजेटल गलाउनुस्। स्वास्थ्य र कृषिमा पनि हामीले राम्रो लगानी गर्नु पर्ने अवस्था छ।’
सोही क्रममा उनले जयगोविन्द साह पोलि टेक्निकल इन्सिच्युटको जग्गा तत्काल निक्र्यौल गर्न नगरपालिकालाई अनुरोध गरे। उनले भने, ‘गोलबजार नगरपालिकालाई शिक्षाको ‘हव’ बनाउने हो भने जयगोविन्द साह पोलि टेक्निकल इन्सिच्युट जस्तो संस्थाको विकास आवश्यक छ। यहाँ बर्षौंदेखि बजेट आउने र फर्किएर जाने अवस्था छ। तपाईंहरुले तत्काल जग्गाको निक्र्यौल गरेर यसको पूर्वाधारको काम गर्न आवश्यक छ।’
प्रदेशसभा सदस्य मनोज कुमार सिंहले अधिवेशन सफलताको कामना गर्दै मधेश प्रदेशमा योजना विक्रि हुनेगरेको स्वीकार गरे। उनले भने, ‘मधेश प्रदेशमा योजनाहरु विक्रि हुने गरेको छ। यो यहाँकै बुद्धिजीविहरु, दलालहरु किन्न जानेगरेकाले बढेको हो। यसमा सरकारमात्र हैन तपाई हामी पनि दोषी छौं।’
उनले प्रदेश मन्त्रालयहरुमा योजना विक्रि भएपनि आफू ‘खरिद विक्रि’मा संलग्न नभएको सफाई दिए।
सोही क्रममा स्थानीय दलका प्रतिनिधी, नागरिक समाजका अगुवाहरुले गोलबजार नगरपालिकाले विकासको काममा शुशासन कायम गर्न नसकेको प्रति चिन्ता व्यक्त गरे। उनीहरुले विकास पार्टी कार्यकर्ता, विचौलिया र आशेपासेहरुको हालिमुहाली भएको भन्दै समान विकासको नीनि अवलम्वन गर्नुपर्नेमा जोड दिए।
गोलबजार नगरपालिकाको ८१ करोड बजेट प्रस्ताव
गोलबजार नगरपालिकाको १३ औं नगरअधिवेशनमा उपप्रमुख मानति साहले ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। चालुतर्फ १९ करोड ८४ लाख ८७ हजार, पूँजीगत तर्फ २८ करोड ४० लाख २ हजार, वित्तिय हस्तारन्तरणतर्फको ३३ करोड ४५ लाखसहित कुल ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट नगर अधिवेशनमा उपप्रमुख साहले प्रस्ताव हो।
यस वर्षको बजेटले कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताइएको छ। बतावरणमैत्रि विकास, प्रविधिमैत्री योजनाहरु, उत्पादनमुखि कृषि प्रणाली, लघु तथा भरेलु उद्योगको प्रवर्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण हुने बताइएको छ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा यास वर्ष करिव ५ करोडभन्दा मकको बजेट प्रस्ताव गरिएको छ। चलु आर्थिक वर्षमा ८६ करोड ४२ लाख ४२ हजार ५ रुपैयाँको बजेट पारीत गरिएको थियो।